NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको सभापतिमा सितल गिरी

नेपालट्युब

नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको सभापतिमा सितल गिरी सर्वसम्मत चयन भएका छन्।

सिड्नीको रकडेलमा सम्पन्न समितिको पाँचौँ अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, महामन्त्री प्रदीप पौडेल र प्रवक्ता देवराज चालिसेले सम्बोधन गरेका थिए।

गिरीले जनसम्पर्क समिति अस्ट्रेलियालाई थप सशक्त र संगठित बनाउँदै नेपाली समुदायसँगको सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार