Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsउद्धार उडानबाट ५१ हजार मानिस नेपाल भित्रिए, नेपाल छाड्ने २० हजार ७ सय

उद्धार उडानबाट ५१ हजार मानिस नेपाल भित्रिए, नेपाल छाड्ने २० हजार ७ सय


काठमाडौं । कोभिड–१९को नियन्त्रण र रोकथामका लागि भनेर २०७६ चैत ११ मा गरिएको लकडाउन पछिको पाँच महिनामा ५१ हजार मानिस नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार केही विदेशी बाहेक यसरी उद्धार उडान मार्फत अधिकांश नेपाली स्वदेश फर्किएका हुन् ।

साउन मसान्तसम्म कुल ५० हजार ७ सय २३ जना व्यक्ति नेपाल प्रवेश गरेकोमा ५० हजार ५ सय १५ जना नेपाली रहेको अध्यागमनको तथ्यांले देखाएको छ । विभागको तथ्यांकअनुसार साउन महिनामा मात्र सबैभन्दा धेरै २३ हजार व्यक्ति नेपाल भित्रिएका छन् । नेपालीको उद्धार शुरु भएपछि यो महिनामा सबैभन्दा धेरै स्वदेश फर्किएका हुन् । यी मध्ये २२ हजार ९ सय ३२ जना नेपाली नागरिक र यसअवधिमा अमेरिकाबाट ३५ जना नेपाल भित्रिएका छन् । लकडाउनयता कुल ४४ जना अमेरिकी नागरिक नेपाल आएको तथ्यांक छ । बेलायतबाट साउनमा १८ जना र लकडाउनयता २८ जना, संयुक्त राष्ट्रसंघका १२ कर्मचारी साउनमा आउँदा अकडाउन यता २६ जना नेपाल आएको रेकर्ड छ ।

लकडाउनयता कुल २० हजार ७ सय १० जना व्यक्ति नेपालबाट विदेशिएका छन् । यसरी विदेशिनेमा समेत अधिकांश अर्थात ११ हजार २ सय २६ जना नेपाली नागरिक नै रहेका छन् । साउनमा मात्र ३ हजार ५ सय ४२ जना नेपाली विदेश गएको अध्यागमनको तथ्यांकले देखाउँछ । लकडाउनपछि नेपालमा रहेका विदेशीमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक १४ सय ३ जना घर फर्किएका छन् । नेपालमा रहेका १३ सय ४१ जना अमेरिकी नागरिक, बेलायतका ९ सय ७३ जना, संयुक्त राष्ट्रसंघका ४७ जना, फ्रान्स र जर्मनीका क्रमशः ६ सय ४८ र ७६६ जना नागरिक आफ्नो मुलुक फर्किएका छन् ।

भदौ १६ बाट भने सरकारले विभिन्न स्वास्थ्य मापदण्डका सर्त सहित आंशिक रुपमा यवसायिक उडान खोल्ने तयारी गरेको छ । यी उडानबाट पहिलो चरणमा नेपाली र कुटनीतिकि नियोगका कर्मचारीले मात्र नेपाल प्रवेश पाउने छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ