NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

बढ्यो सगरमाथाको उचाई, औपचारिक घोषणाको पर्खाइ

nepaltube

काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति प्रदान गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणाका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको हो ।

नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति अनुसार अब छिट्टै भर्खरै सम्पन्न प्राविधिक जाँचको उचाई सार्वजनिक हुँने आँकलन गरिएको छ । मन्त्रालयका प्रवक्ता जनकराज जोशीले पनि उचाईसम्बन्धी प्राविधिक काम सम्पन्न गरेको र घोषणाका लागि चीनसँग परराष्ट्र मन्त्रालयले समन्वय गर्ने जानकारी दिनुभयो ।

सागरमाथाको उचाई बढेको भनिएपनि कति बढेको हो सार्वजनिक गरिएको छैन । सरकारी अधिकारीहरुका अनुसार चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणका क्रममा यसबारे घोषणा हुनसक्ने गरि तयारी थालिएको छ । हाल सगरमाथाको उचाइ ८८४८ मिटर कायम रहेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार