नेपालमा एक सातामा १ लाख २८ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा पछिल्लो ७ दिनदेखी कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातौं दिन मंगलबारसम्म देशभर १ लाख २८ हजारभन्दा बढीले खोप लगाएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख २८ हजार ६५० जना लक्षित वर्गले खोप लगाएको जानकारी दिनुभएको हो । सरकारी तथ्यांक अनुसार प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया