ट्रेन गुडेछि ढाेकामा चेपिएकाे हातसहित लतारिदै यात्रु । तस्बिर- सिसिटिभीभाग्यवस चेपिएकाे हात फुस्किपछि लडेका यात्रु तस्बिर- सिसिटिभी
सिड्नी/डिसेम्बर ७, केही दिनअघि सिड्नीकाे सेभन हिलमा गुड्नै लागेकाे ट्रेनमा चढ्न खाेज्दा ढाेकामा चेपिएर एक युवा घाईते भए ।
धन्य ! समयमै ढाेकामा चेपिएकाे उनकाे हात निस्किएकालेट्रेनले धेरै परसम्म लतारेर लान पाएन र उनकाे ज्यान जाेगियाे । ट्रेनकाे ढाकाे बन्द हुनै लाग्दा दाैडिएर आएका ती युवाले हात छिराएर खाेल्न खाेज्दा हातै चेपिएकाे थियाे ।
याे त एउटा प्रतिनिधी घटना मात्र हाे । सावधानी नअपनाउदा सिड्नी ट्रेनमा यस्ता घटना दिनहु बढिरहेकाे छ । सिड्नी ट्रेनका अनुसार अप्रिल २०१७ देखि अगष्ट २०१८ सम्म मात्र हतारमा रेल चढ्न खाेज्दा ११० जना घाइते भएका छन् । त्यस्तै ४१जनाकाे हात र खुट्टा रेलकाे ढाेकामा च्यापिएकाे सिड्नी ट्रेनले जनाएकाे छ ।
लिफ्टकाे ढाेका जस्ताे हात र खट्टा छिएर ट्रेनकाे ढाेका खुल्दैन ।
खासगरि कार्यलय जानेबेला हतार हतार ट्रेन चढ्न खाेज्दा यस्ता घटना भएका छन् । ढाेका बन्द गरेर गुड्नै लागेकाे ट्रेनमा दाैडिएर चढ्नु गलत भएकाे यातायात मन्त्री एन्ड्रे कन्सट्यान्स बताउछन् । ‘यसरी दाैडनु गलत हाे’ उनी भन्छन् – ‘केही बेरकाे हतारले अंगभंग र ज्यानै समेत जान सक्छ’ ।
हामी बन्द हुदै गरेकाे लिफ्टकाे ढाेका हात र खुट्टा छिराएर खाेल्छाै । तर, जानकारहरु लिफ्ट र ट्रेनकाे ढाेका एउटै नभएकाे बताउछन् । लिफ्टकाे ढाेका जस्ताे हात र खट्टा छिएर ट्रेनकाे ढाेका खुल्दैन । सिड्नी ट्रेनका स्टेवाट मिल्छ भन्छन् – एउटा बिन्दुमा पुगपछि ट्रेनकाे ढाेका फेरि खुल्दैन ।
जति हतार भएपनि दाैडिएर ट्रेन नचढ्न अधिकारीहरुले सुझाएका छन् । ‘तपाईकाे गन्तव्यसम्म हामी जसरी पनि पुर्याउछाै’ – मिल्स प्रश्न गर्छन्- केही मिनेटमै अर्काे ट्रेन आईहाल्छ नि ज्यानकै बाजी थापेर किन हतार गर्नुहुन्छ?
।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
तपाईको प्रतिक्रिया