मस्तिष्कघातबाट सिड्नीमा नेपाली विद्यार्थीकाे ज्यान गयाे । सहयाेगकाे अपिल

सिड्नी/डिसेम्बर ६
सिड्नीमा एक नेपाली विद्यार्थीकाे निधन भएकाे छ । २० वर्षीय मिलन तामाङ्काे मस्तिष्कघातबाट निधन भएको तामाङ् साेसाईटी अफ न्यु साउथ वेल्सले जनाएकाे छ ।
उनी सिड्नीकाे अबर्नमा बस्दै आएका थिए । सोसाईटीले एक विज्ञप्ति निकालेर यो दुखद घडीमा सहयोगका लागि सबै नेपाली समूदायलाई आह्वान गरेको छ । मिलनकाे शव नेपाल पठाउनका लागि आर्थिक सहयाेग संकलन गर्न लागिएकाे विज्ञप्तिमा भनिएकाे छ । निम्न खातामा सहयोग रकम जम्मा गर्न साेसाईटीले सबैमा अनुराेध गरेकाे छ ।
ACCOUNT NAME : TAMANG SOCIETY OF NSW
BSB : 112879

ACC : 474333739
तपाईको प्रतिक्रिया