Thursday, 11 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकलेजो सुन्निने समस्याको यसरी गरौँ घरेलु उपचार

कलेजो सुन्निने समस्याको यसरी गरौँ घरेलु उपचार


काठमाडौं । खानपान तथा हावापानीलाई सहि तरिकाले व्यवस्थापन गर्न नसक्दा तपाई हामीले विभिन्न रोगको सामना गर्दै आएका छौँ । विशेषगरि स्वस्थ रहन मुटु र कलेजोको भुमिका महत्वपूर्ण रहन्छ । आज हामी कलेजो सुन्निने समस्याको निदान घरेलु उपचारबाट कसरी गर्न सकिन्छ भन्ने बारे केही टिप्स दिदैछौँ ।

—हर्रोलाई पिसेर धुलो बनाउनुहोस्, उक्त धुलोलाई गुडमा मिलाई दिनको २ पटक खानाले कलेजो सुन्निएको निको हुन्छ ।

—कालो मरिच, सौफ, मिश्रीलाई बराबर मात्रामा मिलाई धुलो बनाउनुहोस् उक्त धुलोलाई २ चम्चा कागतीको रससँग खाना खानुभन्दा अगाडि खानाले कलेजो सुन्निन कम हुन्छ ।

—सुकेको अमलाको धुलो एक गिलास तातो पानीसँग खाली पेटमा खानाले कलेजोसम्बन्धी सम्पूर्ण रोग निको हुन्छ ।

—पिसेको हलेदो २ चम्चा महमा मिलाई खानाले कलेजो सुन्निन कम हुन्छ ।

—मेहेन्दीको पातलाई रातको समयमा माटोको भाँडोमा भिजाई छानेर बिहान बेलुका खानु लाभदायक हुन्छ ।

—सुहागमा मह मिलाई खानु कलेजो सुन्निन रोक्ने उत्तम उपाय हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ