सिड्नी/डिसेम्बर ११
पैसा लिएर अर्दलीका रुपमा एक युवालाई अष्ट्रेलिया लगेकाे आराेप खेपेका राजदूत लक्की शेर्पाले परराष्ट्र मन्त्रालयमा बयान दिएकी छिन् ।
विवादमा परेपछि सरकारले उनलाई नेपाल बाेलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएकाे थियाे । उनले आईतवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीसमक्ष आफ्नो बयान दिएकी हुन् । त्यस्तै उनले छानबिन समितिमा समेत बयान दिएकी छिन्।
अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथी मानव तस्करीकाे आराेप लागेपछि परराष्ट्रका प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको नेतृत्वमा अस्ट्रेलियासमेत हेर्ने महाशाखा प्रमुख तापास अधिकारी र शिष्टाचार महापाल दीपक अधिकारीसहितको समितिले उनीबारे छानबिन थालेको थियाे ।
समितिकाे छानविन र राजदूतकाे बयानपछि मात्रै राजदूत शेर्पालाई निरन्तरता दिने वा फिर्ता बाेलाउने भन्ने निर्णय गरिने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
राजदूतका चालक वाङ्छु शेर्पाले ३३ लाख रुपैया तिरेर अष्ट्रेलिया आएकाे दावी गरेका छन् । उता अष्ट्रेलियामा रहेकाे नेपाली दुतावासले भने वाङ्छुले चाेरी गरेर दुतावासबाट भागेकाे भन्दै गत वर्ष नै कारवाहीका लागि परराष्ट्र, प्रहरी र अष्ट्रेलियाकाे प्रहरीलाई खबर गरेकाे थियाे ।
त्यसाे त वाङ्छुले राजदुतमाथी लगाएकाे आराेपकाे मुख्य आधार तमसुक, फेसबुक मेसेज र फाेन रेकर्ड नै हचुवा जस्ताे देखिन्छ ।
दुतावासले कारवाही गरेपछि वाङ्छुक गत वर्षदेखि नै अष्ट्रेलियामा शरणार्थी भिषाकाे आवेदन दिएर बसेकाे दुतावासका दावी छ । तर, वाङ्छुले भने मिडियामा आफुले शरणार्थी भिषा पाईसककाे दावी गरेका छन । तर, उनले मिडियामा सार्वजनिक गरेकाे भिषाकाे विवरण अनुसार त्याे ब्रिजिङ भिषा मात्र हाे । शरणार्थी भिषा आवेदन दिएपनि निर्णय भईनसकेकाले उनले WC 030 सब क्लासकाे ब्रिजिङ भिषा लिएका हुन् । याे भिषा कुनै पनि भिषा आवेदन दिएपछि निर्णय हुनु अघि दिईने सिड्नीका माईग्रेसन एजेन्ट दिनेश पराजुली बताउनहुन्छ । याे भिषामा काम गर्न पाईने भएपनि एक पटक अष्ट्रेलिया छाडेपछि फेरि फर्कन मिल्दैन ।
तपाईको प्रतिक्रिया