Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभारत–अष्ट्रेलिया उडान संख्यामा कटौती, प्रस्थानका विकल्प थप सीमित गरिदै

भारत–अष्ट्रेलिया उडान संख्यामा कटौती, प्रस्थानका विकल्प थप सीमित गरिदै


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियाले भारतमा कोभिड–१९ सङ्क्रमण र मृत्युदर तिब्र भएसँगै भारत–अष्ट्रेलिया हवाई उडानको संख्या कटौती गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री स्कट मोरिसन र राज्य र क्षेत्र नेतासहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट हुने हवाई उडानको मात्रालाई अस्थायी रूपमा ३० प्रतिशत कम गर्ने निर्णय गरेको हो ।

भारतजस्ता उच्च जोखिम भएका देशहरूका यात्रीहरूले उडान गर्नुभन्दा ७२ घण्टा पहिले आफूलाई कोभिड–१९ सङ्क्रमण नदेखिएको पुष्टि हुने स्वास्थ्य प्रमाणपत्र देखाएर मात्र अष्ट्रेलिया आउन पाउने व्यवस्था अष्ट्रेलियाले गरेको छ । प्रधानमन्त्री मोरिसनले जोखिममा रहेका अष्ट्रेलियामा जाने प्रस्थानका विकल्पलाई पनि थप सीमित गर्ने गृहकार्य भएको भन्दै कोभिडलाई मध्यनजर गरी कडाई गरिएको सबै प्रावधान महामारीको प्रभाव कम हुँदासाथ हटाइने जानकारी दिनुभयो ।

भारतमा बुधबार र बिहीबारको २४ घण्टाभित्र कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख १४ हजार कटेपछि अष्ट्रेलियाको यस्तो निर्णय आएको हो । शुक्रबार अघिको पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ३२ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ