सिड्नीमा ज्यान गुमाएका नेपाली विद्यार्थीका लागि तामाङ साेसाईटीले उठायाे ३४ लाख रुपैया

सिड्नी
मस्तिष्कघातका कारण ज्यान गुमाएका नेपाली विद्यार्थीका लागि तामाङ साेसाईटी न्यु साउथ वेल्सले ३४ लाख रुपैया सहयाेग रकम संकलन गरेकाे छ ।
साेसाईटीले एक सातामै ४० हजार ७ सय १८ डलर संकलन गरेकाे हाे । जसमा १ हजार ८ वटा बैकिङ ट्रान्जेक्सन भएकाे जनाईएकाे छ । जसमा भिजन फर माेटिभेसन भिएफएमले मात्रै करिब १८ सय डलर संकलन गरेर साेसाईटीलाई दिएकाे थियाे । छाेटाे समयमै यति ठुलाे रकम संकलन हुनुलाई तामाङ साेसाईटी सिड्नीले आफ्नाे सफलता मानेकाे छ ।
रकम बारे जानकारी दिन गरिएकाे कार्यक्रममा साेसाईटीले सहयाेगी सबैलाई धन्यवाद दिएकाे छ ।
गत हप्ता सिड्नीमा नेपाली विद्यार्थी मिलन तामाङकाे मृत्यु भएकाे थियाे । घटना लगतै साेसाईटीले सामाजिक संजालमार्फत सहयाेगकाे अपिल गरेकाे थियाे ।
संकलित रकममध्ये शव नेपाल पठाउने खर्च कटाएर बाकी सबै रकम मृतककाे परिवारलाई दिईने अभियन्ता दिल तामाङले जानकारी दिनुभयाे ।
तपाईको प्रतिक्रिया