लिखित धम्की भेटिएपछि बिच आकासबाटै सिड्नी फर्कियाे विमान

सिड्नी/लिखित धम्की भेटिएपछि मेलवर्नका लागि उडेकाे टाईगर एयरकाे विमान बिच अकासबाटै अचानक सिड्नी फर्किएकाे छ ।
साेमबार साझ सवा सात बजे सिड्नीबाट उडान भरेकाे TT271 कल साईनकाे विमान राति साढे ८ बजे सिड्नी विमानस्थलमा सकुसल अवतरण गरेकाे हाे ।
संभावित जाेखिमकाे मुल्यांकन गर्दै पाईलटले सिड्नी फर्किने निर्णय लिएकाे टाईगर एयरले जनाएकाे छ ।
सुरुमा विमानमा बम भएकाे हल्ला चलेपनि पछि लिखित धम्की मात्र रहेकाे प्रहरीले जनाएकाे छ ।
सिड्नी फर्किएकाे विमानकाे यात्रुलाई २ घण्टासम्म विमानभित्रै राखेर जाँच गरिएकाे थियाे ।
अहिलेसम्म यस घटनासंग सम्बन्धित काेही पनि पक्राउ परेका छैनन् ।
टाईगर एयर अष्ट्रेलियाकाे आन्तरिक उडान भर्ने सस्ताे विमान सेवा हाे ।
तपाईको प्रतिक्रिया