अष्ट्रेलियाबाट हङ्कङ हुदै नेपाल जाँदा विमानस्थलबाटै फर्कनु पर्ला नि ! बच्न यसाे गर्नुस्
सिड्नी/अष्ट्रेलियाकाे विभिन्न शहरबाट नेपाल जाने क्रममा विमानस्थलमा बाेर्डिङपास नपाएर नेपालीले दुख पाउने गरेका छन् ।
उडान रद्द नै भएर सयाै डलर गुमाउनु परेका उदाहरण पनि छन् । के के गर्दा यस्ताे सास्तिबाट बच्न सकिन्छ त ?
सिड्नीमा रहेकाे यति ट्राभल्सका महेन्द्र कुमार लम्सालले यस्ताे सुझाव दिनुभएकाे छ ।
नेपाली पासपोर्ट वाहकलाइ बिदेशबाट हङ्कङ हुदै नेपाल वा अन्य मुलुक जादा भिसा चाहिन्छ ?
उचित जानकारीको अभावमा, बिशेष गरि अनलाइन टिकट काटेका यात्रुहरु प्राय दैनिक जसो सिड्नी विमानस्थलमा बाेर्डिङ पास नपाएर दुख पाएको मात्र होइन ठुलो आर्थिक मारमा समेत परेका छन् | टिकट काट्नु अगाडी निम्न कुरा हरुमा ध्यान दिनु हुन अनुरोध छ :
१- यात्रा भरि तपाइको पासपोर्टकाे कम्तिमा ६ महिनासम्म अन्तिम मिति हुनुपर्छ ।
२- यात्रा गर्ने मुलुक र ट्रान्जिट हुने देशमा भिसाको प्राबधान के छ बुझ्नुपर्छ ।
३- तपाइको हवाई टिकटमा भएको नाम र पासपोर्टमा लेखिएको नाम १०० प्रतिशत मिल्नुपर्छ
नेपाली पासपोर्टबाहक यात्रुहरुलाई हङ्कङमा भिसा सम्बन्धि प्राबधान यस्तो छ :
यदि तपाई बिदेशबाट कुनै पनि मुलुकमा यात्रा गर्दै हुनुहुन्छ र टिकट Cathay Pacific र Dragon Air मात्र छ भने १२ घण्टासम्मको ट्रान्जिटका लागि भिसा लगाउन पर्दैन | तर कुनै एक सेक्टरका लागि Cathay Pacific र Dragon Air बाहेक अरु कुनैपनि विमानको टिकट लिनु भएको छ भने हङ्कङकाे भिसा बिना यात्रा सुरु गर्ने देशकाे विमानस्थलमै तपाईलाइ बाेर्डिङ पास दिदैन |
उदाहरणका लागि
१ यदि तपाईसंग सिड्नीदेखि हङ्कङसम्म Cathay Pacific र Hong Kong बाट काठमाडाैसम्म Dragon Air को टिकट छ भने १२ घण्टा ट्रान्जिटसम्म भिसा लगाउन पर्दैन र निर्वाध यात्रा गर्न सक्नुहुनेछ |
२ तर नेपाल जानका लागि तपाईसंग सिड्नीबाट हङ्कङसम्म Qantas Airway र हङकङबाट काठमाडाैसम्म Dragon Air को टिकट छ भने हङ्कङको पुर्व भिसा नभए सम्म सिड्नी एरपोर्टमा बाेर्डिङपास पाउनु हुन्न |
अनलाईनमा हेर्दा २ नम्बरको टिकट (Qantas/Dragon combination) सस्तो देखिन्छ र यात्रुहरु आफ्नो क्रेडिट कार्ड हालेर टिकट काट्ने हुनाले यस्तो समस्या देखिएको छ| तसर्थ आफ्नो टिकट काट्नु अगाडी नै साबधानी अपनाउन अनुरोध गरिन्छ |
माथिको नियम नेपाल जादा मात्र होइन नेपाली पासपोर्ट बाहकहरु हङ्कङ हुदै अन्य कुनै मुलुकमा जादापनि लागू हुन्छ ।
तपाईको प्रतिक्रिया