विश्व साईकल यात्री पुष्कर शाहका लागि घाेषणा गरिएकाे सहयाेग रकम उठाउन तात्न थाले घाेषणाकर्ता । सकारात्मक संकेत ।
सरल गुरुङ/सिड्नी
डिसेम्बर ४, विश्व साईकल यात्री पुष्कर शाहका लागि घाेषणा गरिएकाे रकम संकलन गर्न जुट्न थालेका छन्, घाेषणाकर्ता ।
गत सेप्टेम्बरमा सिड्नीमा भएकाे एक कार्यक्रममा शाहका लागि ६० जना मिलेर ५ सयका दरले ३० हजार डलर उठाएर सहयाेग गर्ने प्रतिवद्धता जनाईएकाे थियाे ।
नेपाल फेष्टिवल सिड्नीका सद्भावना दुत समेत रहेका शाहलाई साेही कार्यक्रममा उक्त रकम दिने भनिएकाे थियाे । तर, दुई महिना बितिसक्दा पनि घाेषणा भएकाे रकम उठ्ने छाटकाट नदेखेपछि शाहले संचारकर्मी र साथीभाईसँग गुनासाे गरेका थिए ।
त्यससम्बन्धी नेपाल ट्युबले खबर प्रकाशन गरेपछि घाेषणाकर्ताले रकम उठाउने कामलाई तिब्रता दिएका छन् ।
घाेषणाकर्ता मध्येका खेम शर्माले जिज्ञासा राखेकै केही समयमा शाहलाई भेटेर ५ सय डलर दिएका छन् ।
त्यस्तै घाेषणाकर्ता मध्येका एक एनएसडब्लु स्टेटका पुर्व संयाेजक समेत रहेका सामाजिक अभियन्ता दिनेश पाेखरेलले पनि सहयाेग रकम जुटाउन भरपुररुपमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । अरुले नदिएपनि मैले घाेषणा गरेकाे रकम म दिईहाल्छु पाेखरेलकाे भनाईछ ।
त्यसाे त, एनआरएनका सक्रिय युवा तथा स्टुटेण्ट टाक्स फाेर्सका काेमल पाठकले मंगलबार बिहान फेसबुक लाईभ https://www.facebook.com/komalraj.pathak/videos/10215333934756296/ नै गरेर पुष्कर शाहलाई सहयाेग गर्ने प्रतिवद्धता दाेहाेर्याए ।
पुष्कर शाह, पुष्कर शाह फाउण्डेसनका लागि गर्न लागिएकाे गाला डिनरका सक्रिय युवा बद्री क्षेत्रीसँगै भएकाे फेसबुक लाईभमा पाठकले नेपाल फेष्टिभलका कारण केही ढिला भएकाे स्विकारे । त्यसाे त, सहयाेग घाेषणा गर्ने धेरै भएकाले भद्राेगाेल नहाेस् तथा ठाेस याेजना पनि नभएकाले ढिलाई भएकाे पाठककाे भनाई छ । ‘अब पुष्कर शाह फाउन्डेसन बनिसकेकाे छ’ पाठकले भने ‘ यसै बाट अब हामी पैसा उठाउन थाल्नेछाै’।
लाईभमा डिसेम्बर १३ तारिखमा हुन लागेकाे गाला डिनरमा सहभागी हुन सबैलाई अनुराेध समेत गरिएकाे छ ।
पुष्कर फाण्डेसनलाई सघाउन बद्री क्षेत्रीकाे नेतृत्वमा केही सक्रिय युवा र एनआरएनका सदस्यहरुकाे समेत मिलेर गाला डिनर आयाेजना गरिएकाे छ ।
लाईभमा शाहले अाफ्नाे भावी याेजनाका बारेसमेत जानकारी दिएका थिए ।
पाठककाे फेसबुक लाईभ हेर्नुस् https://www.facebook.com/komalraj.pathak/videos/10215333934756296/
याे पनि पढ्नुस् https://nepaltube.com.au/archives/60
तपाईको प्रतिक्रिया