कार दुर्घटनामा परि अष्ट्रेलियामा एक नेपालीकाे मृत्यु

सिड्नी
न्यु साउथ वेल्स राज्यकाे ओलङ्गनमा सडक दुर्घटनामा परि एक नेपाली युवककाे मृत्यु भएकाे छ।
सिड्नीबाट दक्षिणी भेगमा पर्ने प्रिन्सेस राजमार्गमा राेकिराखेकाे ट्रकमा ठाेकिएर दुर्घटना भएकाे स्थानिय संचारमाध्यमहरुले जनाएकाे छ ।
घटना बिहिबार साझकाे हाे । चालककाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।
घटना भएकाे स्थानमा हुस्सु लागेकाले सडकमा राेकेकाे ट्रक नदेख्दा दुर्घटना भएकाे हुनसक्ने बताईएकाे छ ।
दुर्घटनामा ज्यान गुमाउने चितवनकाे ३५ वर्षिय युवक रहेकाे गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले पुष्टी गर्नुभयाे ।
मृतककाे एक छाेरी र श्रीमति छन् । ओलङ्गनमा बस्ने उनी ४ वर्षअघि अष्ट्रेलिया आएका थिए ।
मृतककाे शव ओलङ्गन अस्पतालमा राखिएकाे छ । समाजिक अगुवाहरु अस्पताल जाने क्रममा छन् ।
तपाईको प्रतिक्रिया