NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

कोरोना संक्रमण बढेसँगै अमेरिकामा मास्क अनिवार्य, खोप लगाउनेलाई १०० डलर दिइने

nepaltube

काठमाडौं । अमेरिकामा कोरोना विरुद्धको खोप लगाउनेहरुले एक सय डलर पाउने भएका छन् । राष्ट्रपति जो बाइडेनले खोप लगाउनेलाई सय डलर दिन सबै राज्यहरूलाई आह्वान गरेका हुन । यो रकम रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सकिने जनाइएको छ ।

अमेरिकामा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फेरि बढिरहेको भन्दै राष्ट्रपति बाइडेनले खोप लगाउन सबै नागरिकलाई आह्वान गरेका छन् । बाइडेनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी नयाँ निर्देशन जारी गरेका छन् । निर्देशिका अनुसार अब कर्मचारीले खोपको दुई मात्रा लगाउनु पर्ने छ भने भौतिक दूरी पालना र मास्क अनिवार्य लगाउनु पर्नेछ । डेल्टा भेरियन्ट फैलिँदै गएपछि अमेरिकामा फेरि मास्कको प्रयोग अनिवार्य गर्न भनिएको हो ।

केही दिनअघि राष्ट्रपति बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना नियन्त्रणमा अमेरिका गलत दिशामा हिँडिरहेको भन्दै स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नुपर्नेमा धारणा राखेका थिए ।।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार