Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअफगानिस्तानको काबुल विमानस्थलमै १० हजार नागरिक उद्धारको पखाईमा

अफगानिस्तानको काबुल विमानस्थलमै १० हजार नागरिक उद्धारको पखाईमा


एजेन्सी, काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलमा अझै १० हजार नागरिक उद्धारको पखाईमा रहेको पाइएको छ । यी बाहेक अफगानिस्थान छाड्न तयार रहेका नागरिकको संख्या लाखौँ रहेको छ । उद्धारको अग्रमोर्चामा काम गर्दै आएको अमेरिकाले विमानस्थलमा भेला भएर बसेकाहरुलाई सुरक्षित रुपमा उद्धार गर्ने प्रयासमा रहेको जनाएको छ ।

अमेरिकी अधिकारी मेजर जनरल हेक टेलरले उद्धारको पर्खाइमा रहेका सबैलाई सुरक्षित रुपमा त्यहाँबाट बाहिर निकाल्न आफूहरु केन्द्रित भएको बताउनुभएको छ । अमेरिकाको रक्षा मन्त्रालयले जति सक्दो छिटो काबुल विमानस्थलमा रहेकाको उद्धार गर्ने दाबी गर्दैआएको छ । अगस्ट अन्तिम पछि भने सैन्य टुकडी विमानस्थलमा छोडिदिने र त्यसपछिको जिम्मेवारी अमेरिकाको नहुने रक्षा मन्त्रालयले बताउँदैआएको छ ।

अमेरिकाको अभियान सकिए पछि तालिबानले नै यसको जिम्मेवारी लिनु पर्ने पनि अमेरिकी अधिकारीहरु बताउँछन् । अमेरिकाले अगस्ट ३१ तारिखसम्म उद्धार अभियान सञ्चालन गर्न पाउने भएसँगै अहिले विमानस्थलमा बाहिरिन चाहानेहरुको भीडभाड झनै बढ्दो त्रममा देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ