पुष्करका लागि २४ घण्टा नबित्दै उठ्याे ५ हजार डलर । गाला डिनरका लागि उर्लियाे साथ


विश्व साईकल यात्री तथा सगरमाथा आराेही पुष्कर शाहका लागि सहयाेग उठ्ने क्रम बढ्न थालेकाे छ ।
२४ घण्टा नबित्दै ५ हजार डलर उठिसकेकाे शाहले बताए । याे क्रम अझै बढ्ने सक्ने उनकाे विश्वास छ ।
त्यसाे त, पुष्कर फाउण्डेसनले आयाेजना गर्न लागेकाे गाला डिनरका लागि पनि सहयाेगकाे वाचा बढ्न थालेकाे छ।
डिसेम्बर १३ तारिखमा सिड्नीकाे रकडेलस्थित ईन्द्रेणी फङ्सन सेन्टरमा पुष्कर शाहका लागि गाला डिनर हुदैछ । सिड्नीका युवा बद्री क्षेत्रीकाे समुहले गाला डिनर गर्न लागेकाे हाे । जसमा गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका पदाधिकारीकाे पनि साथ छ ।
तपाईको प्रतिक्रिया