Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचालू आर्थिक वर्षको दुई महिनामै ३ खर्ब १४ अर्बको आयात

चालू आर्थिक वर्षको दुई महिनामै ३ खर्ब १४ अर्बको आयात


काठमाडौं । चालू आर्थिक वर्ष २०७७\७८ को दुई महिनामा नै नेपालमा ३ खर्ब १४ अर्ब रुपैयाँको मालवस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन–भदौमा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७५ प्रतिशतले आयात बढेको हो । गत आर्थिक वर्षको दुई महिनामा नेपालले विदेशबाट १ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागको तथ्यांक छ ।

यता, यो अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले सुधारिएको छ । दुई महिनाको अवधिमा नेपालले ४४ अर्ब रुपैयाँको वस्तु निकासी गरेको विभागको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिमा नेपालले २० अर्बको वस्तु निकासी गरेको थियो । वस्तु आयात निर्यातका क्रममा यो अवधिमा नेपाललाई वैदेशिक व्यापारमा २ खर्ब ७० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । यो घाटा गत वर्षको भन्दा ७० प्रतिशत बढी भएको भन्सार विभागले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ