‘अष्ट्रेलिया डे’ मा बुद्ध र सगरमाथा चिनाए एडिलेडका नेपालीले । अन्यत्रका नेपालीलाई पाठ !
सरल गुरुङ/सिड्नी
‘अष्ट्रेलिया डे’ काे उत्सवमा नेपालीले बुद्ध र सगरमाथा चिनाएका छन् ।
दक्षिण अष्ट्रेलियाकाे एडिलेडमा भएकाे अष्ट्रेलिया डेकाे विशेष परेडमा त्यहाँका नेपालीहरु पनि सहभागी भएर नेपाल चिनाउने काम गरेका हुन् ।
एडिलेड नेपाली समाजकाे नेतृत्वमा एनआरएनए, तमुधिं, गुठी अष्ट्रेलिया, तामाङ साेसाईटी, जस्ता दर्जन नेपाली संघसंस्थाका डेढ सय जना आआफ्नाे भेषभुषामा सजिएर सहभागि भएका थिए ।
कुमारी, रथ, नेपाली झण्डा र जातजातिकाे भेषभुषामा सजिएका युवायुवति परेडकाे आकर्षण बनेकाे एडिलेड नेपाली समाजका कार्यवहाक अध्यक्ष सुरेन्द्र रेग्मीले बताउनुभयाे । ‘लाखाै मानिसले हेरेकाे परेडमा हामीले बुद्ध, सगरमाथा, पशुपति चिनाउन सफल भयाै’ – रेग्मीले भन्नुभयाे – ‘भेटेजति सबैलाई नेपाल सुन्दर छ घुम्न आउनुस् भन्याै’ ।
अष्ट्रेलियामा बढिरहेकाे बहुसांस्कृतिक समुदायभित्र नेपाली पनि छाै भनेर पहिचान देखाउन पनि याे कार्यक्रम महत्वपुर्ण भएकाे उहाँकाे भनाई छ ।
यस्ताे बहु सांस्कृतिक परेडमा सहभागि हुदा नेपाल चिनाउन सजिलाे हुने एनआरएनए साउथ अष्ट्रेलियाका संयाेजक अशाेक केसीकाे तर्क छ ।
अष्ट्रेलिया डेलाई अष्ट्रेलियाकाे राष्ट्रिय उत्सवका रुपमा मनाईन्छ । जनवरी २६ तारिखमा मनाईने पर्वमा एडिलेडका नेपालीहरुले सन् २०१० देखि सहभागिता जनाएर नेपाल चिनाउदै आएका छन् ।
सुरुमा नेपाल अष्ट्रेलिया नेपाल फ्रेन्डसिप एशाेसियसन (नाफा) ले नेतृत्व गर्ने भएपनि सन् २०१२ पछि समाजले समन्वय गर्दै आएकाे छ ।
अष्ट्रेलिया परेड काउन्सिल र मल्टिकल्चरल कम्युनिटीले परेडमा सहभागि हुनका लागि ३ महिनाअघि नै सूचना जारी गर्छ । ईच्छुक सामाजिक संस्थाले ३ महिनाअघि नै ताेकिएकाे मापदण्ड अनुसार आवेदन दिनुपर्छ ।
अष्ट्रेलिया डेमा अन्य राज्यमा पनि परेड र विशेष कार्यक्रम आयाेजना हुन्छ । तर एडिलेडमा बाहेक अन्यत्रका नेपालीले त्यस्ता कार्यक्रममा सहभागिता जनाएका छैनन् । अष्ट्रेलियन नेपाली समाजका अगुवा नारायण प्रधानले सबै राज्यमा हुने अष्ट्रेलिया डे कार्यक्रममा एनआरएनकाे नेतृत्वमा नेपालीहरु सहभागि हुन सके, नेपालकाे पर्यटनमा टेवा पुग्ने बताउनुहुन्छ । एनआरएन र अन्य अगुवा सामाजिक संघसंस्थाका प्रतिनिधीलाई यसबारे पहल गर्ने उहाँकाे भनाई छ ।
एनआरएनए अष्ट्रेलियाले भने अहिलेसम्म यस बारेमा छलफल समेत नगरेकाे प्रवक्ता डिला खरेलकाे भनाई छ । ‘याे विषय महत्वपुर्ण भएपनि हामीले अहिलेसम्म अाैपचारिक छलफल समेत गरेका छैनाै’- प्रवक्ता खरेल भन्नुहुन्छ – ‘अब हामी छिट्टै याे विषउमा छलफल चलाउछाै’ ।
सबै राज्यमा रहेका नेपालीले अष्ट्रेलिया डेमा सहभागि हुने सके धेरै राम्राे हुने उहाँकाे भनाई छ ।
नेपाल चिनाउन र पर्यटन प्रवर्धन गर्न भन्दै गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा सबै राज्यमा नेपाल महाेत्सव गर्दै आएकाे छ । अष्ट्रेलियनकाे सहभागिता निकै कम रहदै आएकाले नेपाल महाेत्सव नेपालीहरु रमाईलाे गर्ने पर्व जस्ताे देखिने गरेकाे छ । यस्ताे परिस्थितीमा थाेरै मेहनतमै नेपालकाे व्यापक प्रचारप्रसार गर्न अष्ट्रेलिया डे उपयुक्त हुने अग्रज नारायण प्रधानकाे भनाई छ ।
तपाईको प्रतिक्रिया