NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

सिड्नीमा श्रीमानको हत्यामा नेपाली युवतीलाई ३ वर्ष जेल सजाय

Nepaltube Australia

सिड्नी/धारिलो हतियार प्रयोग गरि आफ्नै श्रीमानको हत्या गरेको पुष्टी भएपछि सिड्नीमा एक नेपाली युवतीलाई जेल सजाय भएको  छ। गौतम थरीकी ती युवतिलाई सिड्नीको जिल्ला अदालतले हालै जमानत नहुने गरि ३ वर्ष जेल सजाय सुनाएको हो । सन् २०१९ नोभेम्बरमा सिड्नीको ग्रान्भिलस्थित आफ्नै घरमा गौतमले आफ्नो श्रीमानलाई भान्सको कैचीले प्रहार गरेकी थिईन् ।

पैसाको विषयमा विवाद हुदा श्रीमानले पहिले गौतमको तिघ्रामा कैचीले प्रहार गरेका थिए, त्यहि कैची खोसेर प्रतिवाद गर्ने क्रममा गर्धनमा लाग्दा मृत्युभएको बयान आदालतमा पेश भएको थियो । ती युवतीले श्रीमानको हत्या गर्ने कुनै सोच नभएको वयान समेत दिएकी थिईन् ।

यस मुद्दाका न्यायधिश लियोनी फ्लेनेरीले मृतक श्रीमानमा मदिराको लत भएको, सधै जसो मातेर आउने र श्रीमतीसंग जवरजस्तीशारिरीक सम्बन्ध राख्ने स्वभाव भएको बताउनुभयो । अस्थाई बन्ध्याकरणको साधान समेत प्रयोग गर्न नमान्ने कारण ती युवतीले ५पटकसम्म गर्भपतन गर्नु परेको समेत न्यायधिश फ्लनेरीले संचारकर्मीलाई बताए  । युवतीले बच्चा जन्माउन चाहेपनि खर्चले धान्न सक्नेअवस्था थिएन । 

श्रीमानकै कारण मानसिक स्वास्थ्यमा समेत असर परेको भन्दै अदालतले ती युवतीलाई केही कम सजाय तोकेको छ । उनको सजाय सकिएपछि उनलाई नेपाल डिपोर्ट गरिनेछ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार