नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री
पाँचौ पटक मन्त्रिपरिषद विस्तार
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्नुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीले पाँचौँ पटक मन्त्रिपरिषद विस्तार गर्दै नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनमा कुशल डिजाइनरका रुपमा परिचित शर्मालाई मन्त्री बनाउनुभएको हो ।
राष्ट्रपति कार्यालय शितलनिवासमा पद तथा गोपनियताको सपथसँगै आजबाटै शर्माले परराष्ट्र मन्त्रालयको कामकारबाही थाल्नुहुनेछ । अब प्रधानमन्त्री कार्कीसँग रक्षा र खानेपानी मन्त्रीको थप जिम्मेवारी रहेको छ । केही दिनअघि प्रधानमन्त्री कार्कीले सरकारमा सहभागी हुन गरेको अनुरोध शर्माले स्विकार गरेपछि मन्त्रिमण्डल पाँचौपटक विस्तार भएको हो ।
शर्माले सेना समायोजन विशेष समिति सचिवालयको संयोजक बनेर ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्ने र स्वेच्छिक अवकास रोज्नेहरुलाई निश्चित रकम दिएर घर फर्काउने काम कुशलतापूर्वक गर्नुभएको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गर्दा समेत शर्मालाई नै प्रमुखको जिम्मेवारी दिएको थियो । Photo- NPL















तपाईको प्रतिक्रिया