Monday, 29 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्रीसँग भेटवार्ता: निर्वाचनमा जान प्रमुख राजनीतिक दलहरु तयार

प्रधानमन्त्रीसँग भेटवार्ता: निर्वाचनमा जान प्रमुख राजनीतिक दलहरु तयार


काठमाडौं । सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार देखिएका छन् । शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दल चुनावमा जान तयार भएको बताउनुभयो । निर्वाचन भयरहित बनाउन सरकारले भरपर्दो सुरक्षाको वातावरण मिलाउनुपर्ने धारणा नेताहरूको रहेको छ । प्रधानमन्त्रीसँगको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । वैठकमा सहज वातावरण बनेमा चुनावमा जानसकिने एमाले अध्यक्ष ओलीले समेत बताउनुभएको छ ।

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि सञ्चारमन्त्री जगदीश खरेलले चुनावको वातावरण बनाउनको लागि पूर्वप्रधानमन्त्री ओलीको स्थान हद हटाउन सरकार तयार रहेको संकेत गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ