NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

बिदापछि पुनः इजलासमा सपना प्रधान मल्ल

Nepal Tube

काठमाडौं / सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनको बिदापछि सोमबार इजलासमा फर्किनुभएको छ ।

गत जेठ ५ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुअघि कामु प्रधान न्यायाधीशको हैसियतमा मल्लले आफ्नै बिदा स्वीकृत गरी बिदामा बस्नुभएको थियो ।

इजलासमा फर्किएसँगै उहाँको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी तोकिएका छन् । मल्लको एकल इजलासमा ७ वटा पेशी रहेका छन् भने न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा १ सय ६६ वटा पेशी तोकिएका छन् ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार