रास्वपामा ४ पदाधिकारी थपिदै, को–को आउलान बालेन र कुलमान कोटामा ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले पार्टी पदाधिकारीमा चार जना थप गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले कुलमान घिसिङको उज्यालो नेपाल र बालेन साह समूहलाई पदाधिकारीमा समेट्न ४ जना पदाधिकारी थप गर्ने निर्णय गरेको हो । एकता प्रक्रियाका क्रममै उज्यालो नेपाल पार्टीका संरक्षक वर्तमान उर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङलाई दोश्रो बरियताको उपसभापति बनाउने सहमति गरिएको थियो ।

बाँकी को—को पदाधिकारिमा समेटिने अहिले नाम सार्वजनिक गरिएको छैन । पदाधिकारीमा समेटिने व्यक्तिको नाम, घिसिङ र बालेनसँग मागिएको छ । केन्द्रीय समिति बैठकबाट एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री र १ सहप्रवक्ता थप गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ । Photo-NPL
















तपाईको प्रतिक्रिया