Friday, 16 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaलोगो डिजाइन गरेर २ हजार अष्ट्रेलियन डलर जित्ने मौका 

लोगो डिजाइन गरेर २ हजार अष्ट्रेलियन डलर जित्ने मौका 

यस्तो छ Ruby Homes को उपहार योजना


काठमाडौं । अष्ट्रेलियास्थित Ruby Homes ले आफ्नो कम्पनीको आधिकारिक Logo डिजाइनका लागि अन्तर्राष्ट्रियस्तरका डिजाइनर लक्षित गर्दै ‘Logo design competition’ प्रतियोगिता घोषणा गरेको छ ।

७ वर्षदेखी निर्माण क्षेत्रमा सक्रिय Ruby Homes ले आफ्नो कम्पनीलाई आधुनिक विश्वसनीय र विश्वव्यापी बनाउन नयाँ लोगो उपहार प्रतियोगिता मार्फत गर्न लागेको हो । प्रतियोगितामा पेशागत मात्रै नभई सिर्जनात्मक क्षमता भएका जो कोही डिजाइनर सहभागी हुन सक्ने छन् । लोगो डिजाइन गर्दा मौलिक हुनुपर्ने  AI, Stock image वा Clip Art प्रयोग गर्न पाइनेछैन । Logo बापत २ हजार अष्ट्रेलियन डलर Ruby Homes ले डिजाइनरलाई बैंक उपहारस्वरूप उपलब्ध गराएपछि सम्पुर्ण कपिराईट्स कम्पनीलाई हस्तान्तरण गर्नुपर्नेछ ।

तीन महिने अभियान अन्तर्गत लोगो फेब्रुअरी महिनाको अन्तिमसम्म उपलब्ध गराउनुपर्नेछ । कम्पनीको आन्तरिक छनौट प्रक्रियाबाट अन्तिम चरणमा प्रवेश गर्नेलाई फाइल प्रमाणिकरणका लागि बोलाईने कम्पनीले जनाएको छ । यस्तै, Ruby Homes ले डिजाइनर नभएकाहरुलाई समेत कम्पनीका गतिविधिको ट्याग, कमेन्ट सार्वजनिक स्टोरी सेयर मार्फता अन्य उपहार योजनामा समेट्ने जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ