Tuesday, 24 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleसाम्बाकाे उपचारका लागि २४ घण्टामै जुट्यो डेढ करोड सहयोग 

साम्बाकाे उपचारका लागि २४ घण्टामै जुट्यो डेढ करोड सहयोग 

 दिइन माया र सहयोगका लागि सबैलाई धन्यवाद 


काठमाडौं । घुँडाको मसलमा चोट लागेर उपचाररत फुटबर सावित्रा भण्डारी साम्बाका लागि २४ घण्टा नपुग्दै डेढ करोड नेपाली रुपैयाँ बराबर आर्थिक सहयोग जुटेको छ ।

साम्बाले नेपालट्युबसँग भिडियो अन्तरवार्ता दिएर र सामाजिक सञ्जाफ फेसबुक मार्फत उपचारका लागि साथ, विश्वास र माया दिएकोमा सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले खेलाडीका रूपमा आजसम्म कमाएको ठूलो सम्पत्ति पैसा र उपाधि नभएर माया, भरोसा अनि समर्थन भएको भन्दै खुसी व्यक्त गर्नुभयो । साम्बाको नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) २४ घण्टामै जम्मा भएसँगै सहयोग बन्द गर्न आग्रह गर्नुभएको छ । डेढ करोड सहयोगले उपचार खर्चसँगै कतारमा बस्ने आवास र यातायात खर्च पुग्ने बताउनुभयो ।

साम्बा आवद्ध क्लब वेलिंगटन फिनिक्सले समेत शल्यक्रिया र पुनर्स्थापनाका लागि विमा रकम निकासा गरेर सहयोग गरिरहेको छ । अष्ट्रेलियामा ए लिग खेल्ने क्रममा सन २०२१ मा अप्रेसन गरेको घुँडाकै मसल च्यातिएपछि साम्बा मैदान बाहिर रहेर उपचाररत हुनुहुन्छ ।

फुटबलर र फुलबल संघबाट एन्फामाथि दबाब 

यता,साम्बाले अखिल नेपाल फुटबल संघ (एन्फा) र सरकारले उपचारमा साथ नदिएको गुनासो गरेसँगै खेलप्रेमीले दबाब बढाएका थिए । फुटबल खेलाडीसँगै फुलबल संघमा आबद्ध प्रतिनिधिले सातदोबाटोस्थित एन्फा भवनमा पुगेर देशका लागि योगदान दिने खेलाडीलाई बेवास्ता नगर्न ध्यानाकर्षण गराएका थिए । फ्रेन्डस क्लबका खेलाडीले त कालोपट्टी बाधेर साम्बाको पक्षमा समर्थन जनाउदै एन्फाको बेवास्ताको बिरोध गरेका थिए । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ