Friday, 27 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनिर्वाचन सुरक्षामा खटिए ३ लाख बढी सुरक्षाकर्मी

निर्वाचन सुरक्षामा खटिए ३ लाख बढी सुरक्षाकर्मी


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा सरकारले चुनावलाई भयरहित बनाउन म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो । नेपाली सेनाबाट ७९ हजार ७ सय २७, शसस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्टिय अनुसन्धानबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी(म्यादी) बाट १ लाख ४९ हजार ९० जना परिचालित भएका छन् ।

निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका आयुक्त सगुन शमशेर जबराले अहिले सम्म शान्ति सुरक्षाको अवस्थामा कुनै शंका गर्नुपर्ने अवस्था नभएको बताउनु भएको छ ।

यता, निर्वाचनका लागि २ लाख २१ हजार कर्मचारी खटाइएका छन् । यो निर्वाचन निष्पक्ष र भयरहित हुने दाबी सरकारको रहेको छ ।Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ