१६१ स्थानको निर्वाचन नतिजा सार्वजनिक, कस्ले कति जिते ?
रास्वपालाई १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको (प्रत्यक्ष)तर्फ १ सय ६१ स्थानको नतिजा सार्वजनिक हुँदा रास्वपा समानुपातिक मत समेत गरेर २ तिहाइ नजिक देखिएको छ ।
१ सय २४ निर्वाचन क्षेत्रमा विजयी भएकोे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अझ पनि एक निर्वाचन क्षेत्रमा अग्रता कायम गरिरहेको छ । कांग्रेस १७ जितसहित १ स्थानमा अगाडि रहेको छ । एमालेले ८ स्थानमा जित निकाल्दा १ स्थानमा अगाडि रहेको छ ।
नेपाली कम्युनिष्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानमा जित हात पारेका छन् । समानुपातिक तर्फसमेत रास्वपाले हालसम्म गणना भएको मतको झण्डै ५० प्रतिशत हाराहारी मत पाएको छ ।
















तपाईको प्रतिक्रिया