
स्थानीयको विरोधकाबीच नागढुंगा-काठमाडौं सुरुङमार्ग उद्घाटन
काठमाडौं/ नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा-काठमाडौं सुरुङमार्ग सोमबार उद्घाटन भएको छ। उद्घाटनअघि स्थानीयले विभिन्न माग राख्दै प्रदर्शन गरेका थिए। नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सुरुङमार्गसँगै निर्माण हुनुपर्ने अन्य पूर्वाधार तत्काल निर्माण गर्न माग गरेका थिए। आकाशेपुल तत्काल बनाउन, सडक पेटी फराकिलो बनाउन, आयोजनाबाट प्रभावित स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ। यस्तै, जेब्रा […]







































