अन्तिम चरणमा समानुपातिक मतगणना, रास्वालाई ५१ लाख बढी मत
अरु कुन दलको कति ?
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा रास्वपाले ५१ लाख बढी मत पाएको छ ।
प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक करोड ७ लाख ३० हजार ५५१ मतगणना हुँदासम्म ५१ लाख ३५ हजार ६२१ मत पाएको छ । प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले १७ लाख ४७ हजार ७३७, ९ सिट जितेको एमालेले १४ लाख ४८ हजार ३१८ र प्रत्यक्षमा ८ सिट पाएको नेकपाले ८ लाख ३ हजार ६२७ मत पाएको छ ।
पाँचौ भएको श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ सिटसहित ३ लाख ७८ हजार ५८७ समानुपातिक मत पाएको छ । प्रत्यक्षमा १ सिट जितेर बल्लबल्ल थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ । अरु कुनैपनि दलले प्रत्यक्षतर्फ चुनाव जित्न र समानुपातिक थ्रेसहोल्ड कटाउन सकेका छैनन । अब करिब २ लाख ५० हजार मत गन्न बाँकी रहेको छ ।
स्वतन्त्र रुपमा चुनाव लडेर बैज्ञानिक महावीर पुनले चुनाव जित्नुभएको छ ।
यस्तो छ निर्वाचन आयोगका अनुसार पछिल्लो समानुपातिक मत :
















तपाईको प्रतिक्रिया