पश्चिम एसियामा बढ्दो तनाव : आजदेखि आधा सिलिन्डर ग्यास !
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि आजदेखि आधा सिलिन्डर (आधा ग्यास) बिक्री थालिएको छ । नेपाल आयल निगमले आपूर्ति घट्दै जाँदा उपभोक्तालाई राहत दिन आधा सिलिन्डर ग्यास उपलब्ध गराउन थालेको हो ।

केही दिनदेखी काठमाडौँमा ग्यास अभावको असर देखिन थालेसँगै उपभोक्ताहरू बिहानैदेखि ग्यास खोज्दै वितरण केन्द्र धाइरहेका छन् । नेपाल आयल निगम को टेकुस्थित कार्यालयमा बिहानैदेखि ग्यास लिन आउने उपभोक्ताहरूको लामो लाइन लागेको थियो । उपभोक्ताहरू खाली सिलिन्डर बोकेर लाइनमा बसे पनि ग्यास पाइनेमा संका व्यक्त गरिरहेका छन् ।

पछिल्लो समय पश्चिम एसियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्तिमा असर परेको छ । अन्तर्राष्ट्रिस्तरमा परेको पेट्रेलियम पदार्थ अभावको प्रभाव नेपालमा समेत देखिन थालेको छ। Photo-NPL


















तपाईको प्रतिक्रिया