Thursday, 19 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनिर्वाचन आयोगले आज निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने 

निर्वाचन आयोगले आज निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने 

समानुपातिक सांसदलाई आजै प्रमाणपत्र


काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचन परिणाम प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ ।

आयोगले बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने जानकारी दिएको हो । समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएपछि बेलुकी ५ः३० बजे आयोगमा पत्रकार सम्मेलन गरिने प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रपतिले निर्वाचन प्रतिवेदन प्राप्त गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ