Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा ‘कब्बडी ३’ को क्रेज !

अष्ट्रेलियामा ‘कब्बडी ३’ को क्रेज !


ब्रिजवेन

राम्रा नेपाली चलचित्रले अष्ट्रेलियामा लोभ लाग्दो बजार पाउन थालेको छ ।
शुक्रबार नेपाल लगायत विश्वका अन्य देशबाट समेत एक साथ प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङ निर्देशित सिक्वल चलचित्र ‘कब्बडी कब्बडी कब्बडी’ को क्रेज अष्ट्रेलियामा प्रदर्शन अघि नै सुरु भएको हो ।
शुक्रबार अष्ट्रेलियाको विभिन्न शहरमा एकसाथ प्रदर्शन हुदैछ ।
ब्रिजवेनमा एकै पटक तीन वटा हलमा हाउस फुल शो हुदैछ ।
टुमबुल सपिङ सेन्टरका ईभेन्ट सिनेमा कै चेन बिसिसि सिनेमाको तीन वटा हलमा एक साथ शो हुन लागेको मुभिज नेपालले जनाएको छ ।
पहिलो दिनको शोका लागि मात्रै ६ सय ५० वटा टिकक बिक्री भईसकेको छ । आईतबार हुने दोस्रो शोका लागि टिकट बिक्री सुरु भएको र आधा भन्दा बढी बुकिङ भईसकेको आयोजक मुभिज नेपालले जनाएको छ । हाउसफुल भएपछि व्यवस्थापन गर्न तीन रंगकाे टिकट बनाईएकाे छ । 
कुईन्सल्याण्डको ब्रिजवेन लगायत सोमबार सनसाईनकोष्ट, मंगलबार गोलकोष्ट, बुधबार टोअम्बा र बिहिबार बण्डवर्गमा कब्बडी ३ प्रदर्शन हुदैछ । दशै तिहारको माहौल र बहुप्रतिक्षित चलचित्र भएकाले पनि टिकट बिक्री ह्वात्तै बढेको आयोजकले जनाएको छ ।

 

चर्च र विश्वविद्यालयकाे हलमा पनि कब्बडी

कब्बडी ३ चलचित्र अष्ट्रेलियाको शहरी ईलाकामा मात्र नभई ग्रामिण भेगमा समेत प्रदर्शन हुने भएको छ ।
नेपालीहरु छरिएर बसेका कुईन्सल्याण्ड राज्यको ग्रामिण भेग मानिनले टाउन्सभिल र रकह्याम्पटनमा सिनेमा हल नभएपछि चर्च र विश्वविद्यालयको हलमा प्रोजेक्टरबाट कब्बडी३ प्रदर्शन हुन लागेको हो ।
टाउन्सभिलको स्थानिय चर्च अफ क्रिष्टको परिसरमा रहेको हलमा र रकह्याम्पटनमा चाहि सिकियु विश्वविद्यालयको हलमा सिनेमा देखाउन लागेको मुभिज नेपालका सन्दिप पौडेलले बताउनुभयो ।
सिनेमा देखाउनका लागि स्थानिय नेपाली समुदायसंग समझदारी भईसकेको छ ।
पैसा कमाउनका लागि नभई नेपाली सिनेमा सबै नेपालीले हेरोस् भनेर ग्रामिण भेगमा पनि देखाउन लागेको पौडेलको भनाई छ ।
‘हामीले पैसाका लागि होईन’- पौडेलले भने-‘नेपाली मुभि सबैले हेरोस् भन्ने हाम्रो चाहाना हो’ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ