Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपालका तीन चर्चित ब्याण्डले एकैसाथ ब्रिजवेनमा कन्सर्ट गर्दै

नेपालका तीन चर्चित ब्याण्डले एकैसाथ ब्रिजवेनमा कन्सर्ट गर्दै


ब्रिजवेन
नेपालका ख्याती प्राप्त र पुराना तीन वटा ब्याण्डले ब्रिजवेनमा एकसाथ आफ्नो प्रस्तुती दिने भएका छन् । 1974 AD, मंगोलियन हार्ट र एज ब्याण्डले पहिलो पटक अष्ट्रेलियामा संयुक्त रुपमा कन्सर्ट गर्न लागेको हो ।
सि इभेन्टले आयोजना गर्न लागेको कन्सर्ट ब्रिजवेनकै उत्कृष्ट मानिएको हल टिभोलीमा आयोजना हुन लागेको हो । कन्सर्ट अप्रिल ७ तारिख साझको लागि तय भएको छ । तीन वटा चर्चित ब्याण्डको एक साथ कन्सर्ट हुने भएपछि ब्रिजवेनका संगित प्रेमी नेपालीहरु उत्साहित भएका छन् ।

यो कन्सर्ट लाइभ म्युजिक मेलाको पांचौ संस्करण हो । यस अघि सि इभेन्टले नेपथ्य, कर्मा व्याण्ड, एज ब्याण्ड, यम बुद्ध लगायतलाई ल्याएर कन्सर्ट गरिसकेको छ । एक साथ तीन वटा ब्याण्डको कन्सर्ट कसरी संभव भयो त ? सि इभेन्टका सन्तोष कुँवर भन्छन् यो ऐतिहासिक क्षण हो । सिड्नीमा छुट्टा छुट्टै कन्सर्ट गर्न आउन लागेका यी ब्याण्डलाई कुँवरको इभेन्टले एक साथ ब्रिजवेनमा भित्र्याउन लागेको हो ।
‘हामीले यसपाली केही नया गर्ने सोचिरहेका थियौ’- कुँवरले भने -‘तीन वटा ब्याण्ड सिड्नीमा आउने थाहा पाएपछि हामीले एकै साथ कन्सर्ट गर्न सकिन्छ कि भनेर पहल गरेका थियौ । नभन्दै हाम्रो प्रयास सफल भयो ।’ यसलाई संयोग नै मान्नुपर्ने कुँवरको भनाई छ ।
कन्सर्टमा तीन वटा व्याण्डले एक एक घण्टाभन्दा बढी प्रस्तुती दिने आयोजकको भनाई छ । कन्सर्ट हुने स्थान टिभोलीको क्षमता १६ सय मानिस अट्ने भएकाले यसपाली टिकट सोल्ड आउट नै हुने आयोजकको विश्वास छ ।
टिकट सबै अनलाईन भएकाले टिकट मास्टर डट कममा गएर समयमै आफ्नो स्थान सुरक्षित गर्न आयोजकले अनुरोध गरेको छ । समयमै काट्नेलाई टिकटको मुल्ये ३० डलर राखिएको छ भने जति ढिला काट्यो उत्तिनै मंहगो पर्ने आयोजकको भनाई छ । यो कार्यक्रमलाई इशान एजुकेशन र कुइन्सफोर्ड कलेजले प्रयोजन गरेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ