नेपाली कांग्रेसको कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क?
नेपाली कांग्रेस सभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी दिन कति शुल्क लाग्छ?
कांग्रेसको निर्वाचन समितिले १५ औं महाधिवेशनमा उम्मेदवार मनोनयन दर्ताका शुल्क तोक्छ तर शुल्क भने पद अनुसार फरक पर्छ।
सभापति- ४० हजार
उपसभापति र महामन्त्री- ३० हजार
सहमहामन्त्री- २० हजार
केन्द्रीय सदस्य पदका लागि भने ११ हजार
यसैगरी सभापति पदका लागि १० जना प्रस्ताव र १० जना समर्थक अनिवार्य गरिएको छ।
उपसभापति र महामन्त्री पदका लागि ७/७ जना प्रस्तावक र समर्थक, सहमहामन्त्री पदका लागि ५/५ जना प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ।
केन्द्रीय सदस्य पदका लागि भने ३/३ जना प्रस्तावक र समर्थक मनोनयनपत्रमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ।
आफूले उम्मेदवार हुन चाहेको पदका लागि सोही पदमा अर्को व्यक्तिको हकमा प्रस्तावक र समर्थक हुन समेत पाइदैन।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





