Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNews‘लकडाउन’को समयमा मोबाइल एपमार्फत घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने

‘लकडाउन’को समयमा मोबाइल एपमार्फत घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने


काठमाडौं: विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ । हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरि विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने सकिने एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी दिए । सन् २०१६ मा सुरु भएको एपले हाल अनलाईन परामर्श सेवा, अस्पतालमा टिकट बुकिंग गर्ने लगायत थुप्रै स्वास्थ्य सेवा सहजीकरणको सेवा दिइरहेको छ । एण्ड्रोइड र आइओएस प्लेस्टोरमा उपलब्ध एप्लिकेशनमा परामर्शका लागि सयौं विशेषज्ञ चिकित्सकहरु उपलब्ध रहेको भेटुवालले जानकारी दिए । एपका साथै हाम्रो डक्टर डटकममा पनि यो सुविधा रहेको छ । मोबाइल एप्लिकेशनमा उपलब्ध चिकित्सकहरुसँग सःशुल्क र निःशुल्क दुवैखालको परामर्श सेवा लिन सकिन्छ । परामर्श सेवामा बिरामीले आफ्ना जिज्ञासा व्यक्तिगत रुपमा गोप्य ढंगले पनि सोध्न सक्छन् । परामर्शको क्रममा एप प्रयोगकर्ताले डाक्टरलाई एपबाटै रिपोर्ट र फोटो एवं भिडियोसमेत देखाउन सक्छन् । एप्लिकेशनबाट विस्तारै भिडियो परामर्शको सेवा पनि लिनसकिने एपका सिटिओ अशोक बस्नेतले जानकारी दिए । निःशुल्क रुपमा प्लेस्टोरमा उपलब्ध एप डाउनलोड गरि यस विषम अवस्थामा आफ्ना स्वास्थ्य समस्या तथा जिज्ञासाका बारेमा डाक्टरहरुसँगसहजै परामर्श लिन हाम्रो डक्टरले सबैलाई अपिल गरेको छ ।

एपबाट लिन मिल्ने सःशुल्क परामर्शका लागि सबैजसो डिजिटल पेमेन्ट गेटवेबाट शुल्क तिर्न सकिन्छ । हाम्रो डक्टरमा ईसेवा, फोन पे, खल्ति, आइएमई पे, ईबैंकिगबाट समेत पैसा तिर्नसकिन्छ । यसका अलावा विदेशमा रहनेहरुले क्रेडिटकार्ड एवं मास्टरकार्डबाट पनि भुक्तानी गर्नसकिन्छ । कोरोना भाइरसबाट उत्पन्न त्रास र लकडाउनको अवस्थामा अस्पताल जान नसकेका चिकित्सकसँग परामर्श र उपचार सेवा नराम्ररी प्रभावित भएको छ । यो अवस्थामा चिकित्सक, अस्पताल तथा जनस्वास्थ्यविदहरुले घरमै बसेर चिकित्सकसँग अनलाईन परामर्श गर्न प्रोत्साहित गरिरहेका बेला यो एपका बारेमा धेरैभन्दा धेरैले जानकारी पाउन आवश्यक देखिएको छ । कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त भएका बेला एप्लिकेशनले आफ्ना सेवाहरुमा २० प्रतिशत छुटसहितको कुपनकार्ड वितरण गरिरहेको छ । सो कोड हाम्रो डक्टरको फेसबूक पेजमा पाउनसकिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ