Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा एक नेपालीलाई ४६ महिने जेल सजाय,हुन्डी कारोबारमार्फत ठगी गरेको अभियोग !

अष्ट्रेलियामा एक नेपालीलाई ४६ महिने जेल सजाय,हुन्डी कारोबारमार्फत ठगी गरेको अभियोग !


ब्रिजबेन, अष्ट्रेलिया । हुन्डी कारोबारमार्फत विभिन्न व्यक्तिहरुको २ लाख डलरभन्दा बढी ठगी गर्ने मेलबर्न निवासी एक नेपालीलाई ४६ महिना जेल सजाय हुने भएको छ । भिक्टोरिया काउन्टी अदालतमा भएको सुनवाईपछि केसीलाई ४६ महिनाको जेल सजाय सुनाइएको हो ।

निजले डेढ वर्ष हिरासतमा बिताइसकेका छन भने बाँकी सजाय काट्नका लागि प्रहरी हिरासतबाट जेल चलान गरिएको छ । फैसला सुनाउँदै काउन्टी कोर्टका जजले केसीको अपराधले कैयौं परिवारहरु प्रभावित भएको भन्दै निजले पटक पटक यो अपराध दोहोराएका कारण समाजमा थप खतरा हुनबाट रोक्न फैशला सुनाइएको बताउनुभएको छ ।

फैशलाको क्रममा सहभागी एक पीडितले ठगिएको रकम फिर्तीका लागि अबको ६ महिनाभित्र क्षतिपूर्तिसहित दावी गर्न भनिएको बताउनुभयो । अदालतमा केसीको तर्फबाट सुनवाई गरेका वकिलले निजको अवस्था चिन्ताजनक रहेको, पारिवारिक समस्या रहेको र कुलतमा फसेका कारण यस्तो भएको बताएपनि न्यायाधीशले उक्त दाबीलाई खासै महत्व दिएनन् । अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल सजाय भएको अवस्थामा निज व्यक्तिलाई सजाय पूरा भएपछि डिपोर्ट गर्ने नियम छ । यसका लागि अध्यागमनलाई समेत सूचित गरिने बताइएको छ ।

को–को छन त पीडितहरु ?
केसीको ठगीबाट पीडित बन्नेमा अधिकांश विद्यार्थीहरु छन् । कतिपयको ३० हजार डलरभन्दा बढी ठगी गरेको पाइएको थियो । करिब दुई वर्ष अघि भिक्टोरियाका नेपाली समूदायका सदस्यहरु र सञ्चारकर्मीको रोहवरमा निजले रकम फिर्ता गर्ने र अबदेखि यस्तो कार्यमा संलग्न नहुने लिखित सहमति गरेपनि ठगी धन्दा कायमै राखेका थिए ।

निरन्तरको ठगीपछि यो मुद्दा प्रहरीको पुगेको थियो । प्रहरीले अनुसन्धानका क्रममा प्रमाणको रुपमा निजले गरेको लिखित सहमति, भिडियोमा स्वीकार गरेको विषयलाई प्रमाणका रुपमा अघि सारेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ