अष्ट्रेलियामा दुई जना नेपाली युवा पक्राउ, अभियोग पुष्टि भए २५ वर्ष जेल !

ब्रिजबेन । अष्ट्रेलियामा अबैध लागुपदार्थ तस्करी गरेको आरोपसहित दुई नेपाली युवालाई पक्राउ गरेर आवश्यक कानुनी कारबाही अघि बढाइएको छ । ४५० ग्राम उक्त लागूपदार्थ सिड्नीबाट कपाल रङ्गाउन प्रयोग हुने ट्युब भित्र हालेर ल्याउदैगरेको अवस्थामा ब्रिजबेनबाट पक्राउ गरिएका दुबै नेपाली युवाविरुद्ध अदालतमा मुद्धा अघि बढाइएको हो ।

रोमा स्ट्रिट बस बिसौनी क्षेत्रमा जाँचका क्रममा सङ्घीय प्रहरीका अधिकारीहरूले लागुऔषध फेला पारेका थिए । पक्राउ परेका दुवै युवकको उमेर २१ वर्ष रहेको भनिए पनि सम्पुर्ण विवरण गोप्य राखिएको छ। सीमा नियन्त्रित लागू औषधसँग मेल खाने पदार्थ भेटिएको आरोप लगाउने तयारी गरिरहेको प्रहरीले उक्त पदार्थको हाल थप फोरेन्सिक जाँचको प्रक्रिया अघि बढाएको छ ।
यस्तो हुनसक्छ कारबाही
अष्ट्रेलियाको अपराध नियमावली १९९५ को दफा ३०२.३ को बर्खिलाप हुने गरी नियन्त्रित लागु औषधको बिक्रीयोग्य परिमाण तस्करी गरेको आरोपमा पाइन रिभर्स म्याजिस्ट्रेट्स कोर्टमा मुद्दा चलाइएका युवाको अभियोग पुष्टि भएमा दुवैलाई २५ वर्षसम्मको जेल हुन सक्छ। हाल प्रहरी हिरासतमा राखिएका दुबै जनालाई मार्च ३ मा पुनः अदालत समक्ष उपस्थित गराइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







