NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अष्ट्रेलियाको नेपाली दूतावासको सेवा आजबाट पुनः सुचारू

nepaltube

क्यानबेरा/ कोरोना लकडाउनका कारण रोकिएको अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासको कन्सूलर सेवा आजबाट सञ्चालनमा आएको छ ।

कन्सूलर सेवा पुनः सञ्चालनमा आएसँगै आम सेवाग्राहीले स्वयम भेटेरै कर्मचारीसंग सेवा लिन पाउने भएका हुन् । कोरोनाको जोखिम यथावत रहेको भन्दै दुतावासले अष्ट्रेलियाको स्वास्थ्य विभागले जारी गरेका विभिन्न ७ वटा जनस्वाथ्यका मापदण्डको सर्त पालना गर्न, गराउन समेत अनुरोध गरेको छ ।

स्वयम उपस्थित भएर गर्नुपर्ने अत्यावश्यक सेवा बाहेकका लागि हुलाक, फोन, इमेल मार्फत सेवा लिन समेत क्यानवेरास्थित दूतावासले सबैलाई सचेत गराएको छ ।

यस्तो छ राजदूतावासले जारी गरेको विज्ञप्तीः

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार