Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsब्राजिलमा भीषण बाढि : पेट्रोपोलिस सहरमा ३८ को मृत्यु, हजारौँ प्रभावित

ब्राजिलमा भीषण बाढि : पेट्रोपोलिस सहरमा ३८ को मृत्यु, हजारौँ प्रभावित


एजेन्सी । ब्राजिलको पेट्रोपोलिस सहरमा आएको भीषण बाढिका कारण कम्तीमा ३८ जनाको ज्यान गएको छ । हजारौँ नागरिक प्रभावित भएको सुरक्षा अधिकारिहरुले बताएका छन् ।

पेट्रेपोलिस नगरप्रमुखको कार्यालयका अनुसार बाढी तथा डुबानका कारण झण्डै ८० घर क्षति भएका र तीन सय जनालाई विद्यालयमा आश्रय दिइ सुरक्षित राखिएको छ । विज्ञहरुले जलवायु परिवर्तनको प्रभावले भारी वर्षा भएको बताएका छन् । तातो वायुमण्डलमा बढी पानी हुने भएकोले विश्वव्यापी उष्णताले अत्यधिक वर्षा हुने गरेको र यसबाट आउने बाढीले जोखिम बढाएको विज्ञले बताएका हुन ।

यसै महिनाको सुरुमा मुसलधारे वर्षाका कारण बाढी र पहिरोमा परि दक्षिणपूर्वी ब्राजिलमा २८ जनाको ज्यान गएको थियो । अझपनि बर्षा र बाढीको जोखिम कायमै रहेको बताइएको छ ।

तस्बिर : एपी



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ