ब्यारेकभित्रै जबरजस्ती करणीको अभियोगमा एक इन्सपेक्टर पक्राउ !
काठमाडौं । धादिङस्थित इलाका प्रहरी कार्यालय खानीखोलाका एक प्रहरी निरीक्षक ब्यारेकभित्रै अङ्गरक्षकलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । २५ वर्षकी एक महिला प्रहरीले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि प्रहरी निरीक्षक पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले महिला प्रहरी बस्ने ब्यारेक (क्वार्टर) मै गएर जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको जानकारि दिनुभयो । पालिका चुनावदेखि नै विवादमा आएका इन्सपेक्टरमाथी आफ्नै सहकर्मीलाई कुटपिट गरेको, सार्वजनिक क्षेत्रमा नागरिकमाथि अभद्र व्यवहार गरेको जस्ता आरोप लाग्दै आएको छ । पक्राउ अभियुक्तमाथी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारि दिएको छ ।
तपाईको प्रतिक्रिया