गोरखास्थित मनास्लु हिमालको आधार शिविरमा युवाहरूले थालेको अनशन स्थगित भएको छ।
हिमतालबाट हुन सक्ने जोखिम न्यूनीकरणको माग गर्दै चुमनुब्री गाउँपालिका-१ र ७ का ११ जना युवा अनशन बसेका थिए।
गण्डकी प्रदेश सरकार र राष्ट्रिय प्रकृति संरक्षण कोष मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन स्थगित गरिएको दावा नोर्बुले जानकारी दिए।
प्रदेश सरकार र एमक्यापले यसअघि युवाहरूलाई अनशन फिर्ता लिन आह्वान गरेका थिए।