Thursday, 30 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदेशभर गर्मीको मार, मधेशका कतिपय विद्यालयको पठनपाठन बन्द !

देशभर गर्मीको मार, मधेशका कतिपय विद्यालयको पठनपाठन बन्द !

आवश्यक सतर्कता अपनाउन अनुरोध


काठमाडौं, मधेश । केही दिनयता देशभर गर्मी बढिरहेको छ । गर्मीका कारण देशभरको जनजीवन प्रभावित बन्दा तराई मधेशमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिदा मधेशका जिल्लामा ४१ ४२ पुगेको एको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी केही दिनसम्म तराई भेगमा अत्यधिक गर्मीको सम्भावना रहेको पुर्वानुमानसहित महाशाखाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । ती भू–भागहरूमा बुधबारदेखि शुक्रबारसम्म सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने,मांसपेशीहरू दुख्ने र बान्ता आदि हुनसक्ने महाशाखाको भनाइ छ । नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ । केही दिनयता मधेशका जिल्लामा दिउँसो तापक्रम ४१४२ डिग्री सेल्सियससम्म पुगेर तातो हावा ९लू० पनि चलेसँगै जनजीवन प्रभावित भएको छ । बिहान १०र११ बजेपछि घरबाट बाहिर निस्किनै मुस्किल भएको छ । पंखामा पनि तातो हावाका कारण दैनिक जीवन कष्टकर बनेको छ । अझै यो क्रम ४ दिनसम्म कायम रहने भन्दै मौसम विज्ञान विभागले सचेतना अपनाउन, अत्याबश्यक काम बाहेक बाहिर ननिस्किन सचेत गराएको छ ।

जनकपुरधाम बजार क्षेत्रका सडकहरु सुनसान बनेका छन् । गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि जनकपुरधाम उपमहानगरले विद्यालय केही समयका लागि बिदा दिएको छ । यस्तै रौतहटको गौर नगरपालिका र कटहरीया नगरपालिकाले पनि सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ