Thursday, 20 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअनुमति बिना एजनीओको कुनै पनि सहयोग नलिन संसदीय समितिलाई निर्देशन !

अनुमति बिना एजनीओको कुनै पनि सहयोग नलिन संसदीय समितिलाई निर्देशन !


काठमाडौं । प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले अनुमति बिना एजनीओको कुनै पनि सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन दिनुभएको छ ।सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहालको तर्फबाट मंगलबार संयुक्त पत्र जारी गर्दै संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले यस्तो निर्देशन दिनुभएको हो ।

जानकारी एवं अनुमति विना सहयोग नलिन निर्देशन दिइएको पत्रमा ‘संसद्को संस्थागत जानकारी एवं अनुमति विना कतिपय गैरसरकारी संस्थाहरूले संसदीय समिति तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सांसदहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पर्ने गरेको गुनासोहरू आइरहेकाले ध्यानाकर्षण गराइएको छ,’ उल्लेख छ ।

हुन त संसद् सचिवालयले स्वार्थ बाझिनसक्नेतर्फ सचेत गराउँदै पटक–पटक सहयोग नलिन सतर्क गराउदैआएको थियो । आइतबार एक गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको घटना पनि फेरी एनजीओको खाजा चर्चामा आएको थियो । बैठकमा सहभागि गृहमन्त्री रवि लामिछानेसहितका समिति सदस्यले बैठक बहिस्कार गरेको विषय सदनमा समेत बहसको विषय बन्यो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ