Friday, 28 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदेशभर झरीसँगै शुरु भयो बाढी र पहिरोको बितण्डा, १२ जनाको मृत्यु !

देशभर झरीसँगै शुरु भयो बाढी र पहिरोको बितण्डा, १२ जनाको मृत्यु !


काठमाडौं । मंगलबार रातीबाट मात्रै नेपालभर मनसुन सक्रिय बनेको छ । पूर्वी नेपालबाट केही दिन अघिबाट भित्रिएको मनसुन देशभर सक्रिय बन्दैगर्दा बाढी, डुबान र पहिरोको बितण्डा सुरु भएको छ । मंगलबार रातीदेखी बुधबार दिउँसोसम्ममै बाढी, पहिरो र चट्याङबाट देशभर १२ जनाको मृत्यु भएको छ ।

देशभर मनसुन फैलिएसँगै बाढी पहिरोजस्ता विपदका घटना सुरु भएका छन् । गएरातिदेखिको भारी वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर ८ जनाको र चट्याङका कारण थप ४ जनाको मृत्यु भएको प्रहरीले जानकारि गराएको छ । लमजुङमा पहिरोले ३ वटा घर बगाउँदा ५ जनाको मृत्यु भएको छ । कास्कीमा लगातारको वर्षापछि आएको पहिरोमा परी दुई स्थानमा २ बालबालिकाको मृत्यु भएको छ । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बिपद्का घटना सुरु नहुदै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पूर्व तयारीमा विशेष ध्यान दिइएको बताउनुभएको थियो । गृहमन्त्री रविले सुरु गरेको भने टास्क फोर्स भाषणमै सिमित भएको भन्दै प्रतिपक्षी दलका नेताहरुले आलोचना समेत गर्न थालेका छन् ।

मनसुनी वर्षाको सुरुवातसँगै प्राकृतिक विपद्धको पूर्व संकेत प्राप्त हुन थालेको भन्दै वातावरण तथा मौसमका जानकार उज्जवल उपाध्यायले विपद्धको पूर्वतयारीका सूचना संयन्त्रको विकासमा लाग्नुपर्ने बताउनुभएको छ । उपाध्यायले पूर्वी नेपाल र पश्चिमी क्षेत्रमा भारी वर्षाको जोखिम रहेको भन्दै नदीतटिय क्षेत्र र पहिरोको जोखिम रहेका क्षेत्रमा सचेतना अपनाउन आग्रह गर्नुभएको छ । रातीको समयमा बढी वर्ष हुने र पहिरोको जोखिम समेत यहि समयमा हुने भन्दै उद्धारको मोडालिटी र विपद्ध पूर्वको तयारीमा सचेत मौसमविद्ले सचेत गराएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ