Friday, 12 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविभाजनको संघारमा रास्वपा, निलम्बित महामन्त्रीले लगाए सभापति रविमाथि संघिन आरोप !

विभाजनको संघारमा रास्वपा, निलम्बित महामन्त्रीले लगाए सभापति रविमाथि संघिन आरोप !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निलम्बन गरिएका पूर्वमहामन्त्री डा. मुकुल ढकालले रास्वपा सभापति रवि लामिछानेमाथी सहकारी ठगी र राहदानी दुरुपयोगमा छानविन गर्न उच्चस्तरिय समिति बनाउन माग गर्नुभएको छ । रास्वपाले पदीय जिम्मेवारीबाट मुक्त गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै डा.ढकालले रास्वपालाई रविको क्लबबाट मुक्त गर्न अदालतले समेत प्रश्न उठाएका सभापति रविमाथी छानविनको हिम्मत गर्नुपर्ने बताउनुभएको हो ।

माओवादी अध्यक्ष, एमाले अध्यक्ष र कांग्रेस सभापतिको शैली मनपर्ने रवि लामिछानेहरूलाई आफ्नो शैली बालापन लाग्नु स्वाभाविक भएको उहाँको टिप्पणी थियो । सत्ता गुम्दा छट्पटाएका रास्वपा सभापति रवि लामिछाने अझै पनि उपधारा ३ को सरकार बन्ला र सरकारमा जान पाइएला भनेर बसिरहेको आरोप ढकालले लगाउनुभयो । पार्टी संगठनभित्र कसैको शैलीको आरोप भए त्यो दीपक बोहोराको शैलीमाथिमात्र आरोप उब्जिएको डा. ढकालले स्मरण गराउनुभयो । पार्टी जोगाउन आफूलाई अधिकांश सदस्यहरूले जे हो सत्य बोल्न आग्रह गर्ने गरेको र आफू सोही अनुसार अघि बढ्दा रवि खुसी पार्ने सबै रवि क्लबका मतियार बनेको आरोप डा. ढकालले लगाउनुभयो । पार्टी बिग्रियो र जोगाउनुपर्छ भन्दा ज्वाला संग्रौला र रमेश प्रसाईँहरूलाई परिचालन गरेर मुकुल ढकाल रवि लामिछानेको विपक्षमा गयो भन्ने माहोल सिर्जना गर्न भुमिका खेलिएको उहाँको जिकिर थियो ।

अबैधानिक तरिकाले कारबाही गरिएका कारण आफू अहिले पनि रास्वपाको महामन्त्री रहेको डा. ढकालको जिकिर थियो । जनतामाझ गएर तयार पारिएको समिक्षा प्रतिवेदनका कारण आफूमाथी अनावश्यक लान्छनासहित प्रहार गरिएको दाबी गर्दै डा. ढकालले अर्को महिना प्रस्ताव यात्रा गर्ने उद्घोष समेत गर्नुभएको छ । आफ्नो परिकल्पनाबाट जन्मिएको रास्वपालाई रवि लामिछाने क्लबबाट मुक्त गरेर जनता र देशको हितमा हिडाउने अभियान नरोकिन डा. ढकालले बताउनु्भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ