Saturday, 7 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजुलाई २५ देखी ग्लोबल टी–२० लिग, सन्दीपसँगै कुन–कुन नेपाली खेलाडी खेल्दै ?

जुलाई २५ देखी ग्लोबल टी–२० लिग, सन्दीपसँगै कुन–कुन नेपाली खेलाडी खेल्दै ?


काठमाडौं । नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । जुलाई २५ देखी क्यानाडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा गएका हुन् ।

यो लिगमा नेपालका ३ जना क्रिकेटर सहभागि हुँदैछन् । सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् । भ्यानकुभर र टोरन्टोबीच उद्घाटन खेलमै आउँदो बिहीबार राति ८ बजे प्रतिस्पर्धा हुने भएको छ । ग्लोबल टी–२० लिगमा सन्दीपको चौथो सहभागिता हो भने दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक खेल्दैछन् ।

सन्दीपसँग सन् २०१८ मा भएको पहिलो संस्करणमा मोन्ट्रेल टाइगर्स, सन् २०१९ मा टोरान्टो नेशनल्स र गत संस्करणमा सर्रे जग्वार्सबाट ग्लोबल टी–२० खेलेको अनु्भव रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ