Thursday, 8 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहेलिकप्टर दुर्घटनामाथी छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन

हेलिकप्टर दुर्घटनामाथी छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन

मृतकको पोस्टमार्टम भोलि बिहान


काठमाडौं । सरकारले नुवाकोटमा भएको एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामाथी छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । दुर्घटनापछि बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले थापा संयोजक रहेको समिति सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेको जानकारि दिनुभयो । हेलिकप्टर दुर्घटनामाथी छानबिन गर्न गठित समितिलाई ३० दिनको समय सीमा उपलब्ध गराइएको छ । यता, हेलिकप्टर दुर्घटनामा परेका मृतकको पोस्टमार्टम भोलि बिहानदेखि सुरू हुने भएको छ ।सुरक्षा टोलीले शव संकलन गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याउँदै गरेको जानकारि दिदै त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले भोलिबाट पोष्टमार्टम सुरु हुने जानकारि दिनुभयो ।

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको छ । जसमध्ये चार जना चिनियाँ नागरिक हुन् । हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ