Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसुनाकोठी–चापागाउँ सडक बन्द, बर्षौदेखी सडक नबन्दा दोहोरिदै आन्दोलन

सुनाकोठी–चापागाउँ सडक बन्द, बर्षौदेखी सडक नबन्दा दोहोरिदै आन्दोलन


ललितपुर । ललितपुरको सुनाकोठी–चापागाउँ सडक विस्तारका नाममा भत्काएर अलपत्र छाडिएको वर्षौं भइसक्दा पनि कालोपत्रे नगरिएको भन्दै स्थानीय फेरि आन्दोलित भएका छन् । नेवाज् क्लब र स्थानीयहरुले संयुक्त रुपमा सडक बनाउन दबाब दिदै आइतबार बिहानैदेखि सडक अवरुद्ध गरेका हुन । यो क्रम सोमबार समेत जारी छ ।

सुनाकोठी, ठेचो, चापागाउँ सडक खण्ड विस्तारको गर्ने भन्दै भत्काइए पनि ठेकेदारले वर्षौंसम्म सडक अलपत्र छाडेपछि स्थानीयले गत वर्ष सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए । पछि सडक खुलाउने विषयमा सहमति भएपनि हालसम्म सडक निर्माण हुन नसकेको स्थानीयको गुनासो छ । सहमति भएको एक वर्ष पुगिसक्दा पनि सडक कालोपत्रे नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको स्थानीय बताउँछन् । सडक भत्काएको वर्षौसम्म पनि सडक निर्माण सम्पन्न नहुँदा यहाँका स्थानीयले धुलो र धुवाको सास्ती खेपिरहेका छन् । यसअघि वार्ता मार्फत माग सम्बोधन गर्ने सम्झौता भएपनि माग सम्बोधन नभएका कारण आक्रोशित भएका स्थानीय यसपटक कुनै पनि वार्तामा नबस्ने र सडक कालोपत्रे नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् ।

२०७१ सालमा ललितपुरको सातदोबाटोदेखि चापागाउँको टाहाखेलसम्मको सडक दायाँबायाँ ११÷११ मिटर फराकिलो बनाउने गरी ठेक्का सम्झौता भएको थियो । सडक निर्माणको ठेक्का शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएपनि सडक फराकिलो बनाउने भन्दै कतिपय स्थानमा घर र अन्य संरचना भत्काएर अलपत्र छाडिएको छ । मुआब्जा पनि नदिने र भत्किएको सडक पनि नबनाएर सास्ती थप्ने भन्दै स्थानीय सरकार र ठेकेदार दुबैसँग आक्रोशित बनेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ