हङकङ आगोलागी अपडेट : मृतकको संख्या ११ पुग्यो, ७ नेपालीको पहिचान

एजेन्सी, काठमाडौं । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृतक ११ जनामध्ये सात नेपालीको पहिचान भएको छ । अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जानकारी गराइएको छ ।
आइतबार राति ८ बजेतिर लागोको आगोमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङको ज्यान गएको छ । यस्तै ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको आगोलागीबाट मृत्यु भएको सहारा हङकङका अध्यक्ष दीपक गुरुङले जानकारी दिनुभयो । बालबालिकासहितका केही व्यक्तिहरुलाई भने घटना लगत्तै उद्धार गरिएको थियो । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय प्रहरीका अनुसार जिरे खुर्सानी नामक रेष्टुरेन्टमा जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको थियो । प्रारम्भीक अनुसन्धानबाट उक्त रेष्टुरेन्ट बिना दर्ता सञ्चालन भएको पाइएको हङकङ प्रहरीले जानकारी गराएको छ ।
घाइते र मृतकको विवरण :
तपाईको प्रतिक्रिया